मोटिभेटन्यूज संवाददाताकाठमाडौं

माघ १३, काठमाडौं नेपाल चिकित्सक संघले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक संशोधन गर्न माग गरेको छ।
संघले जबर्जस्ती विधेयक पारित गरेको विरोधमा राजधानीमा प्रदर्शन गरेको छ।
संवेदनशील राज्यमा सत्याग्रह ठूलो आन्दोलन भए पनि सरकारले डाक्टर केसीलाई वेवास्ता गरेको भन्दै चिकित्सक असन्तुष्ट छन्।
१६ औं पटक आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीका माग पूरा गराउन दबाब दिन आन्दोलनरत चिकित्सकले सोमबारदेखि बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सामूहिक त्रिवि शिक्षण अस्पतालमा अनसन बस्ने घोषणा गरेका छन्।
२०७५ माघ १३ गते प्रकाशित
