News Portal

कम्युनिस्ट सरकारले मुलुकमा अधिनायकवाद लाद्ने प्रयास गरेको छ : नेता धिताल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४४२ पटक
काठमाडौं

माघ १३, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता विष्णुप्रसाद धितालले केपी ओली नेतृत्वको वर्तमान सरकारले मुलुकलाई मुठभेडतर्फ धकेल्न खोजेको आरोप लगाएका छन् ।

लमजुङ कलाकार संघको दोस्रो वार्षिक साधारणसभा तथा सांस्कृतिक कार्यक्रममा लमजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट सरकारले प्रतिनिधिसभामा जवरजस्ती चिकित्सा शिक्षा विधेयक पास गराएर मुलुकमा अधिनायकवादको सुरुवात गर्न खोजेको बताए ।

नेता धितालले भने, “नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित संस्थालाई सहज रुपमा स्वीकृती नदिएर यस सरकारले राजनीतिक पूर्वाग्रह साँधेको छ, – यो हामीलाई कुनै पनि हालतमा मान्य छैन । ”

उनले लमजुङमा जन्मेर समग्र देशको लागि विशिष्ट योगदान दिन सफल राष्ट्रकवि माधवप्रसाद घिमिरे, कलाकारहरु कृष्णसुधा ढुंगाना, भेडिखर्के साँइला, बिमाकुमारी दुरा, राजु परियारलगायतका कलाकारहरु यसै जिल्लाका भएकाले नेपाली कला र मौलिक संस्कृतिको संरक्षण गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

२०७५ माघ १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्