News Portal

चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा पेस

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
११८ पटक
काठमाडौं

माघ १४, काठमााडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ टेबल भएको छ। टेबल भएको विधेयकका लागि संसोधन प्रस्ताव पेस गर्न सांसदहरुलाई ७२ घन्टाको समय दिइएको छ।

आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरु यथास्थानमा उठेर प्रक्रिया अवरुद्ध गरेका थिए। त्यसलगत्तै बोल्दै कांग्रेस सांसद बद्री पाण्डेयले सरकारका कदमप्रति आपत्ति जनाए।

पाण्डेयले कांग्रेसका दुई पूर्व सभापतिहरुका नाममा रहेका दुई अस्पताल खारेज गर्न लागिएको विषय पुनः उठाए। माघ २ र माघ ७ मा बसेको बैठकमा कांग्रेस पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका दुई अस्पतालबारे सदनलाई जानकारी गराएको स्मरण गराए।

२०७५ माघ १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्