News Portal

वीरगञ्ज-काठमाडौं आउने रेलमार्गको लागि भारत र नेपालबीच द्विपक्षीय समझदारी हुने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२२१ पटक
काठमाडौं

भदौ ६,काठमाडौं – वीरगञ्ज-काठमाडौं आउने रेलमार्गको लागि भारत र नेपालबीच द्विपक्षीय समझदारी -एमओयू) हुने भएको छ । पराराष्ट्र मन्त्रालयले एमओयूको ड्राफ्ट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको छ ।

दुई देशका बीचका प्रधानमन्त्रीबीच यो रेलमार्ग अघि बढाउने सहमति भएपनि सरकारीस्तरमा कुनै औपचारिक समझदारी भएको छैन । प्रधानमन्त्रीहरुबचिको सहमति कार्यान्यवन गर्ने गरी एमओयू हुन लागेको हो । सकेसम्म आगामी १४ र १५ गते काठमाडौंमा हुने बेमिस्टेक शिखर सम्मेलनकै क्रममा समझदारीपत्रमा हस्ताक्षर गर्ने योजना बनाइएको छ ।

अब यसलाई मन्त्रिपरिषदले पारित गरेपछि एमओयूमा नेपालका तर्फबाट यातायात मन्त्रालयका सचिव मधुसदन अधिकारी र भारतीय राजदूत मञ्जीभसिंह पुरीले हस्ताक्षर गर्ने योजना छ ।

रेल्वे विभागले झण्डै २ महिनाअघि नै एमओयूको मस्यौदा यातायात मन्त्रालयमार्फत परराष्ट्रमा पठाएको थियो । तर, स्वीकृतिका लागि लामो समय लाग्यो ।
भारतले यो रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययनका लागि फिल्ड वर्क सकिसकेको छ । केही समयभित्रै भारतीय पक्षले प्रारम्भिक रिपोर्ट दिने रेल्वे विभागका बरिष्ठ इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।

२०७५ भदौ ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्