News Portal

पारसलाई हृदयघात भएको खबरपछि पूर्वरानी गाडीबाटै काठमाडौंमा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२८१ पटक
काठमाडौं

माघ १५, काठमाडौं – पूर्वयुवराज पारस शाहलाई हृदयघात भएपछि सिमरामा रहेका उनकी आमा तथा पूर्वरानी कोमल सोमबार गाडीबाटै काठमाडौं आएकी छिन् ।

हवाइ जहाजको टिकट नपाएका कारण उहाँका सहयोगी सुदन थापले गाडीबाटै काठमाडौँ ल्याएका हुन् ।

बुबा ज्ञानेन्द्र भने आज बिहान हवाई जहाजबाटै आउने तयारी गर्नुभएको प्रहरीले जनाएको छ । कोमल र ज्ञानेन्द्र भ्रमणका निम्ति सिमरामा पुग्नुभएको थियो ।

अस्पताल स्रोतका अनुसार पारसको स्वास्थ्य रिपोर्टमा आउन बाँकी छ । उनलाई यसअघि दुईपटक हृदयघात भएको थियो । सोमवार दिउँसो ललितपुरको हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गरेका पारसलाई छातिमा असहज महसुस भएपछि दिउँसो ४ बजेतिर नर्भिक अस्पतालमा भर्ना गरिएको थियाे ।

नेपाल समाचारपत्रबाट

२०७५ माघ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्