News Portal

शान्ति प्रक्रियाका अवशेषमा अबरोध गर्ने काम सरकारलाई मान्य छैन : प्रधानमन्त्री

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१०९ पटक
काठमाडौं

माघ १५, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न बहानामा शान्ति खलबलाउने प्रयास भइरहेको भन्दै मुलुकलाई हिंसामा धकेल्ने कुनै पनि कार्य आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएका छन्।

सशस्त्र प्रहरी बलको १८औं स्थापना दिवसको अवसरमा मंगलबार हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाजमा हिंसा फैलाउने, जनतालाई आतंकित पार्ने जस्ता काम भइरहेको दाबी गरे।

उनले राष्ट्रिय अखण्डतालाई चुनौती दिने गरी देशद्रोही कामहरुको प्रयास भइरहेको उल्लेख गर्दै उनले मुलुकलाई हिंसामा लैजाने र निरंकुशतातर्फ धकेल्ने कुनै पनि कार्य सरकारला नसहने चेतावनी दिए।
शान्ति प्रक्रियाका अवशेषहरुलाई बल्झाउने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यस किसिमका काम हुन नदिने बताए।

२०७५ माघ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्