News Portal

नेताका नामका दुबै अस्पताल केन्द्र मातहतमा राख्ने सरकारको निर्णय

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१४४ पटक
काठमाडौं

माघ १५, काठमाडौं – सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग सम्बोधन गर्दै थप दुई अस्पताल केन्द्र मातहत राख्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले तनहुँको गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरेको हो ।

सरकारको निर्णयबारे जानकारी दिँदै सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले अनलाइनखबरसँग भने,‘कांग्रेसको माग पूरा भयो, गिरिजाप्रसा कोइराला र सुशील कोइराला कांग्रेसका मात्रै होइन, हाम्रा पनि नेता हुन् ।’

मन्त्रिपरिषदको निर्णयबारे संसदलाई माघ १७ गते जानकारी गराउने सरकारको तयारी छ ।

२०७५ माघ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्