News Portal

शहीदको बलिदानले नै परिवर्तन सम्भव भएको हो : राष्ट्रपति

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१६३ पटक
काठमाडौं

माघ १६, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले शहीदकै योगदानले नेपालमा गणतन्त्र र संघीयताजस्ता महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छिन्। शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले प्राप्त ऐतिहासिक उलपब्धिलाई सुदृढ पार्ने प्रक्रियामा जननिर्वाचित संस्था र सरकार कटिबद्ध रहेको उल्लेख गरेकी छिन्।

प्राप्त उपलब्धिको सदुपयोग गरी सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र साँस्कृतिक रूपले समृद्ध समाज निर्माण गर्न सकेमा शहीदप्रति सच्चा सम्मान हुने राष्ट्रपतिको भनाइ छ। त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायत उपलब्धि प्राप्तिको मुख्य श्रेय शहीदलाई जाने बताएका छन्। शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै पुनले नेपाली जनताले राजनीतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेको तथा देश विकास र समृद्धिको मार्गमा अघि बढिरहेका वेला शहीदको सपना साकार पार्न सबै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्ति परास्त भएको बताएका छन्। शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राणाशासनविरुद्ध शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले गरेको बलिदानका कारण नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको उल्लेख गरेका छ।

२०७५ माघ १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्