News Portal

साइकल चलाएरै अस्पताल पुगेर भर्ना भएकी मन्त्रीले छोरा जन्माइन्

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२२६ पटक
काठमाडौं

भदौ ६, काठमाडौं – साइकल चलाएरै अस्पताल पुगेर भर्ना भएकी न्यूजिल्याण्डकी महिला मन्त्री जूली जेन्टरले बच्चा जन्माएकी छिन् । आइतबार आफै साइकल चलाएर अस्पताल पुगेकी मन्त्री जेन्टरले अकल्याण्ड अस्पतालमा मंगलबार साँझ छोरा जन्माएकी हुन् । योसँगै यो वर्ष न्यूजिल्याण्डको मन्त्रिमण्डलमा प्रधानमन्त्री जसिन्डा आर्डेनपछि सुत्केरी हुने जुली दोस्रो मन्त्री बनेकी छिन् ।

३८ वर्षीया मन्त्री जेन्टरले गएको फेब्रुअरीमा आफू गर्भवती भएको घोषणा गरेकी थिइन् । सुत्केरी भएकै अवस्थामा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै प्रधानमन्त्री आर्डेन र मन्त्री जेन्टरको प्रशंसा भैरहेको छ । प्रधानमन्त्री आर्डेन सन् १९९० यता पदमै रहँदा सुत्केरी हुने पहिलो नेता हुन् । सन् १९९० मा प्रधानमन्त्री पदमै रहँदा बेनजिर भुट्टोले बच्चा जन्माएकी थिइन् । न्यूजिल्याण्डकी प्रधानमन्त्री आर्डेनले मन्त्री जेन्टरलाई ट्वीटमार्फत बधाई दिएकी छिन् ।

२०७५ भदौ ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्