News Portal

आमाको कुटाइबाट आठ वर्षीया छोरीको मृत्यु

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२३९ पटक
काठमाडौं

भदौ ६, झापा – आमाको कुटाइबाट आठ वर्षीया छोरीको मृत्यु भएको छ। झापाको बिर्तामोड नगरपालिका ५ सुब्बा चोकस्थित २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू)ले आफ्नै आठ वर्षीया छोरी सफलतालाई कुटपिट गर्दा उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

उनका अनुसार बुधबार बिहान विद्यालय पठाउने क्रममा कपाल कोर्न नमानेपछि हेमन्ताले छोरीलाई लाठीले कुटपिट गर्दा दाहिने कन्चट, ढाड र दुवै हातमा निलडाम बनाएकी थिइन्। आमाको कुटाइबाट गम्भीर घाइते भएकी सफलताको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कोइरालाले जानकारी दिए। यता छोरीको मृत्युपश्चात् आमा हेमन्तलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जनाइएको छ।

२०७५ भदौ ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्