News Portal

सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना सुनको थालीमा राखेर चीनलाई बुझाएको प्रवक्ता शर्माको आरोप

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१५१ पटक
काठमाडौं

माघ १८, काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुढीगणडकी जलविद्युत् आयोजनालाई सरकारले चीनलाई सुनको किस्तीमा बुझाएको आरोप लगाएका छन्। शुक्रबार प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले बुढीगण्डकी आयोजनाको उदाहरण दिँदै कम्युनिस्टको सरकारको उपलब्धी भ्रष्टाचार भएको आरोप लगाएका हुन्।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको १२०० मेगावाट क्षमताको बुढी गण्डकी आयोजनालाई सुनको किस्तीमा राखेर चीनको गेजुवा कम्पनीलाई बुझाएको शर्माले आरोप लगाए।

उनले ट्रान्सपरेन्सी इन्टरनेशनले निकालेको तथ्यांकको उदाहरण दिँदै कम्युनिस्ट सरकार गठन भएको एक वर्षको अवधिमा भ्रष्टाचार गर्ने मुलुकको सूचीमा झन अघि गएको देखिएको बताए।

 

२०७५ माघ १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्