News Portal

डिस्चार्ज हुँदै पूर्व युवराज पारस शाह

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१३० पटक
काठमाडौं

 

माघ १८, काठमाडौं– पूर्व युवराज पारस शाहको स्वास्थ्यमा उल्लेख्य सुधार भएसँगै आज उनी अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।

उनी माग १४ गते हृदयाघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएर उपचाररत थिए । शाहको स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि आज डिस्चार्ज गरिन लागेको अस्पतालले जनाएको छ ।

उनको उपचारमा संलग्न प्राध्यापक डा. यादवदेव भट्टले पूर्वयुवराज शाह मुटुको मुख्य नसा नै पूर्णरुपमा बन्द रहेको अवस्थामा अस्पताल आइपुगेको र २० मिनेटमा सफल उपचार गर्न सकिएको जानकारी दिएका थिए ।

यसअघि पनि २ पटक हृदयघात भइसकेको हुँदा पारसको मुटु एकदमै कमजोर रहेको र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुले बताएका छन् ।

२०७५ माघ १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्