News Portal

पूर्वयुवराज पारस शाह डिस्चार्ज

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३३१ पटक
काठमाडौं

माघ १९, काठमाडौं – पूर्वयुवराज पारस शाह शुक्रबार डिस्चार्ज भएका छन्।

हृदयाघात भएपछि आकस्मिक रुपमा सोमबार दिउँसो अस्पताल भर्ना भएका शाहलाई आज डिस्चार्ज गरिएको हो।

तेस्रोपटक हृदयाघात भएपछि धमनीमा दोस्रोपटक स्टेन्ट राखिएका पारस शाहलाई शुक्रबार उनको फुपूको कमलादीस्थित घरमा लगिएको हो।चिकित्सकहरुले उनलाई मुटुको ख्याल राख्न र धेरै दौडधूप नगर्न सुझाव दिएका छन्।

उनको नर्भिक अस्पतालमा डा. यादवदेव भट्ट नेतृत्वको टोलीले उपचार गरेको हो ।

२०७५ माघ १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्