मोटिभेटन्यूज संवाददाताकाठमाडौं

भदौ ६, काठमाडौँ – सञ्चालनमा आएको ६ दिनमै कलंकीको अण्डरपास बन्द भएको छ। गएको १ गतेदेखि मात्रै सञ्चालनमा ल्याइएको अण्डरपास सरसफाईको लागि भन्दै बन्द गरिएको हो । तर अण्डरपास तुरुन्तै खुलाउने/नखुलाउने भन्ने निश्चित भइसकेको छैन ।
आयोजनाका अनुसार त्यहाँ धुलो नउड्ने गरी पिच गर्न, ट्राफिक संकेत राख्न नै बाँकी छ । सँधै जाम भइरहने कलंकीमा अण्डरपास खुले पछि सहज हुने भनिए पनि तयारी नगरी सञ्चालनमा ल्याउँदा आयोजनालाई नै समस्या परेको छ ।
अण्डरपास परीक्षणकै लागि भए पनि सञ्चालनमा आउँदा कलंकी क्षेत्रमा हुने गरेको जाम धेरै हदसम्म हटेको थियो । अण्डरपास बन्द भएसँगै फेरि जामको समस्या बल्झिएको छ । अण्डरपासको लम्बाई ८ सय मिटर छ ।
२०७५ भदौ ६ गते प्रकाशित
