News Portal

अहमिया संघ नेपालको छैठौँ बार्षिक समारोह

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३२७ पटक
काठमाडौं

काठमाडौँ – विगताका वर्षहरुझै यस वर्ष पनि सबैलाई प्रेम गरौं, कसैलाई घृणा नगरौं” भन्ने मुल नाराका साथ अहमिया संघ नेपालले पर्सा जिल्लाको विन्दवासनी गाउँपालिकाको प्रसौनी भाठ्ठमा दुई दिने छैठौं जालसा सालाना (बार्षिक समारोह) आज सम्पन्न भएको छ ।

बिन्दवासिनी गाउँपालिकाको वडा नं। ५ प्रसौनी भाठ्ठा स्थित श्री मसरुर पब्लिक आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित जलसा सालानामा प्रमुख अतिथि मोहम्मद अता इलाही अहसन गौरी साहेबले अहमदिया मुस्लिम जमात एउटा विशुद्ध धार्मिक तथा अध्यात्मिक जमात रहेको बताए। मानवसेवा नै सबै भन्दा ठूलो धर्म भएको बताउदै विश्वका २०० भन्दा बढी देशहरुमा अहमदिया जमात स्थापित भएको छ । जसको लगभग १६० मिलियन अनुयायीहरु पुरै विशवमा फैलिएका छ्न।

अहमदिया मुस्लिम जमातले समाजमा आर्थिक तथा सामाजिक रुपले पिछडिएका अति गरिब,दलित तथा असहायहरुका लागि निशुल्क शिक्षा,स्वास्थ्य उपचार लगायत कुनै पनि दैविक प्रकोपका घटनामा सहभागी हुदै सक्दो सहयोग गर्दै आएको बताए । साथै साहेबले हजरत मु्हम्मद सल्लल्लाहु अलैहि व सल्लमको जीवन चरित्र र उनका आदर्शहरु लगायत मानवीय मूल्य मान्यताको रक्षा,धर्मिक सहिष्णुता,सामाजिक एकता साथै यस जमातको नारा ूसबैलाई प्रेम गरौं, कसैलाई घृणा नगरौं ूलाई संसारभरि व्यहारिक रूपमा फैलाउन समेत चर्चा गरेका थिए ।
यस धार्मिक जलसा सालानाको सुरुवात हजरत मिर्जा गुलाम अहमद साहेब कादियानी प्रतिश्रुत मसीह र महदी तथा कल्कि अवतार अलैहिस्सलाम, गुरदासपुर पंजाब भारत निवासीले करिब १२७ वर्षअघि कादियानबाट गर्नु भएको समेत साहेबले बताए ।

अताइलाही अहसन गैरी साहेबको

अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि मौलाना अताहुर रहमान खालिद साहब, अतिथिहरु अहमदिया संघ नेपालका अध्यक्ष कमरुल होदा अंसारी, विन्दवासिनी गाउँपालिकाका उपप्रमुख किरण देवी, हिन्दु धर्मके प्रचारक एवम् प्रवक्ता मुरलीधर मुरारी,पुर्व सान्सद राज कुमार गुप्ता,ठाकुर राम बहुमुखी कालेजका प्रोफेसर रघुनाथ चौरसिया , विभिन्न स्कूलके प्रधयापक ,लगाएत संस्थाके महासचिव मोहन अहमद, भारतका अताऊर रहमान साहेव,मिर अब्दुल हफिज साहेब,युवा अध्यक्ष समिन अहमद साहेव लगायतको विशेष उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा झापा, सुनसरी,मोरङ्ग,सप्तरी,सिरहा, वारा, पर्सा,काठमाण्डौं, तनहु, चितवन,धनगढी लगायत भारतका पन्जाब र बिहारको विभिन्न स्थानहरुवाट हजारौंको संख्यामा सहभागीता रहेको अहमदिया संघ नेपालका महा सचीव मोहन अहमदले बताउनु भयो।

२०७५ माघ १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्