News Portal

सोनाम ल्होसारमा प्रदेश २ ले दियो सार्वजनिक बिदा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१३८ पटक
काठमाडौं

माघ २०, काठमाडौं । प्रदेश २ सरकारले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले सोनाम ल्होसारको दिन माघ २२ गते सार्वजनिक बिदा दिने घोषणा गरेका हुन्।

यसअघि संघीय सरकारले सोनाम ल्होसारको बिदा कटौती गरेपनि प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको हो। पर्साको ठोरी गाउँपालिका सुर्वणपुरको बाघमोर्चामा शनिबार आयोजित सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रममा बोल्दै राउतले ल्होसारमा बिदा दिने घोषणा गरेका हुन्।

‘प्रदेश २ मा एक लाख १५ हजार तामाङ जातिको बसोबास छ’, मुख्यमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक ठोरी गाउँपालिकामा आएका राउतले भने। ठोरी गाँउपालिकासँग आफ्नो विशेष लगाव र स्नेह रहेको भन्दै उनले ठोरीको विकास आफ्नो प्राथमिकतामा रहेको बताए ।

२०७५ माघ २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्