News Portal

यस्तो छ आजको मौसम

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१५८ पटक
काठमाडौं

माघ २० काठमाडौँ – देशभरको मौसम आइतबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव सकिएकाले मौसम सफा भएको मौसमविद शान्ति कँडेलले बताइन् ।

केही दिनदेखि बदली तथा पानी पर्ने अवस्थामा रहेको मौसम आइतबार देशका अधिकांश क्षेत्रमा खुलेको उनले बताए । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि घाम लागेको छ । दिनभर पनि मौसम सफा रहने र न्यानो घाम लाग्ने मौसमविदको भनाई छ ।

यस्तै तराईका क्षेत्रमा बिहान हुस्सु लागेको भए पनि दिउँसो मौसम सफा रहने छ । यसैगरी उच्च पहाडी क्षेत्रमा पनि हिउँ पर्ने सम्भावना निकै कम छ ।

पश्चिमका उच्च पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको छ । सोमबार दिनभर पनि मौसम सफा रहने र बेलुकादेखि पश्चिमका क्षेत्रमा बदली हुने सम्भावना देखिएको छ ।

२०७५ माघ २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्