News Portal

सेनासँग ४१ अर्ब भन्दा बढी रकम, बैंकमा राखेको रकमबाट एक बर्षमा १ अर्ब भन्दा बढी नाफा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२८९ पटक
काठमाडौं

भदौ ६, काठमाडौं –  आफूसँग लगानी र नगद मौज्दात गरी ४१ अर्व २९ करोड ८२ लाख ४६ हजार रुपियाँ रकम रहेको जानकारी सैनिक कल्याणकारी कोषले दिएको छ। आज नेपाली सेनाको जङ्गी अड्डामा पत्रकार सम्मेलन गरी जंगी अड्डा अन्तर्गतको कोषले आफूसँग भएको नगद र लगानी रकम सार्वजनिक गरेको हो।

यसैगरी समस्याग्रस्त बैंक तथा बित्तीय संस्थाबाट २२ करोड ९० लाख ६७ हजार रुपियाँ रकम सावाँ रकम स्वरुप प्राप्त गर्नुपर्ने स्थितिमा रहेको पनि कोषले बताएको छ। मौज्दात रहेको रकममध्ये नगद मौज्दात ३५ अर्ब ७७ करोड २४ लाख ५६ हजार रहेको छ भने लगानीतर्फ ५ अर्ब ५२ करोड ५७ लाख ८७ हजार छ।

गत बर्ष कोषको कूल रकम ३४ अर्ब ५६ करोड ६१ लाख ५७ हजार रहेकोमा त्यसमा बृद्धि भई ३५ अर्ब ७७ करोड २४ लाख ५६ हजार पुगेको हो। यस हिसावले एक बर्षको अवधिमा सैनिक कल्याणकारी कोषले विभिन्न बैंकमा राखेको रकमबाट ब्याज र अन्य आम्दानीबाट नेपाली सेनालाई १ अर्ब रुपियाँ भन्दा बढी नाफा भएको देखिएको छ।

२०७५ भदौ ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्