मोटिभेटन्यूज संवाददाताकाठमाडौं

माघ २०, काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले नेविसंघले सरकारी गाडी जलाउनु निन्दनीय भएको बताएका छन् । नेविसंघका पूर्व नेतासमेत रहेका थापाले यस्ता कामलाई दुरुत्साहन गर्न डटेर लाग्ने पनि बताएका छन् ।
सरकारविरुद्ध आन्दोलनरत कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारी गाडीहरुमा आगजनी र तोडफोड गर्दै आएको छ ।
आइतबार नेता थापाले ट्वीट गरेर यस्तो बताएका हुन् । उनले अगाडि लेखेका छन्, ‘‘त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई दुरुत्साहन गर्न म डटेर लाग्नेछु ।’
२०७५ माघ २० गते प्रकाशित
