News Portal

चिकित्सा शिक्षा विधेयकलाई कांग्रेसले आन्दोलनको विषय बनाउनु उचित होइन : सभामुख महरा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
११३ पटक
काठमाडौं

माघ २०, काठमाडौं –संघीय संसदका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयकलाई लिएर आन्दोलन गर्नु गलत भएको बताएका छन् । तुलसीपुरको टरिगाउँ विमानस्थलमा आइतबार विहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रक्रिया पुर्याएर पारित भएको विधेकलाई आन्दोलनको विषय बनाउनु सही मान्न नसकिने बताएका हुन् ।

प्रतिपक्षको सहमतिमा समितिमा पर्याप्त छलफल भएर पारित भएको विधेयक संसदमा असहमति जनाउन सकिने भएपनि सदनै अवरोध गर्न खोज्नु र आन्दोलन गर्नु गलत भएको सभामुख महराको भनाइ छ ।

‘चिकित्सा शिक्षा विधेयक उनहरुको आन्दोलन र अवरोधको विषय हैन र हुनुहुन्न’, महराले भने, ‘एउटा प्रक्रियामा गइसकेको कुरालाई उछाल्न खोज्नु गलत हो ।’

२०७५ माघ २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्