News Portal

रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणलाई

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२४५ पटक
काठमाडौं

माघ २२ काठमाडौँ – सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको छ । माघ १४ गतेको मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायतसहित त्यस क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण सम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, विज्ञ, सरोकारवाला संघसंस्था, स्थानीय समुदाय लगायतसँगको परामर्श र समन्वयमा प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गर्ने बताए । ‘परम्परागत शैली र मौलिकतालाई विेशेष ध्यान दिई पुनर्निर्माणलाई तत्काल अघि बढाइनेछ’, ज्ञवालीले भने ।

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गुम्बज शैली, ग्रन्थकुट र शिखर शैलीमा गर्ने भन्ने विवाद थियो । विज्ञहरुले दिएको सुझावका आधारमा प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकासँग समन्वय तथा सहजीकरण गरी ग्रन्थकुटर शिखर शैलीमा पुनर्निर्माण गर्ने निर्णय गरिसकेको छ ।

प्राधिकरणले भूगर्भविद्हरुबाट रानीपोखरीमा पानी जम्मा गर्ने उपायबारे पनि अध्ययन गराएको थियो । विज्ञहरुले तीन सय फिट तलबाट पानी निकाल्न सकिने सुझाव दिँदै पानी अड्याउन कालोमाटोको प्रयोग गर्न सकिने प्रतिवेदन दिएका छन् ।
अन्नपूर्णबाट

२०७५ माघ २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्