News Portal

सरकार भ्रष्टाचारमा लिप्त भएको नेता बस्नेतको आरोप

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१३० पटक
काठमाडौं

माघ २३,काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले केपी ओली नेतृत्वको सरकारले जनताको लागि काम गर्नुको साटो आफैं भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसले सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा आयोजना गरेको विरोध सभालार्इ सम्बोधन गर्दै नेता बस्नेतले वर्तमान सरकारले हत्या, हिंसा बलात्कार, महंगी र भ्रष्टचार नियन्त्रण गर्नभन्दा कमिसन आउने कुरामा मात्र ध्यान केन्द्रित गरेको आरोप लगाए । कम्युनिष्ट सरकारको अधिनायकवादी कार्यशैलीलार्इ सहेर नबस्ने बताउँदै अब कांग्रेसले सडक र सदन तताएर अघि बढ्ने बताए । विरोध सभामा बोल्दै उनले सदनमा दुर्इ तिहाइको आडमा नपाली कांग्रेसले सशक्त विरोध गर्दागर्दै आम सर्वसाधारण जनताको स्वास्यसँग प्रतक्ष्य सरोकार राख्ने चिकित्सा शिक्षा विधेयक जबरजस्ती रुपमा पास गराएर सरकार मेडिकल माफियाको चंगुलमा फसेको बताए । संवैधानिक निकायमा पदाधिकारी सिफारिस गर्दासमेत प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाइ सहभागी समेत नगराएकाले यो सरकार अधिनायकवादी भएको पुष्टि भएको भएको बताए ।

वाइडबडी खरिदमा भएको रु ४ अर्बभन्दा बढी घोटाला रकम पचाउन सरकार लागिपरेको उल्लेख गर्दै यो सरकारले विकास निर्माणका कुनै काम गर्न नसकेको आरोप लगाए । नेकपाका अध्यक्ष प्रचण्डले नेपालसँग खासै सम्बन्ध नभएको भेनेजुएलाको पक्षमा बक्तब्य प्रकाशित गरेर बहुआयामिक विकासमा सदियौंदेखिको साझेदार रहेको संयुक्त राज्य अमेरिकालार्इ अनावश्यक चिढाएर सरकारले ठूलो गल्ती गरेको आरोप लगाए ।

विरोध सभामा नेपाली कांग्रेसका नेताहरु हरिशरण श्रेष्ठ, प्रेमध्वज लामा, तरुण दलका जिल्ला अध्यक्ष प्रमोद मोक्तानले यो सरकारको अधिनायकवादी कार्यशैली नेपाली काग्रेसलार्इ मान्य नहुने चेतावनी दिए ।

२०७५ माघ २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्