News Portal

प्रधानमन्त्रीज्यू ! दुई वर्ष बित्यो वन्यजन्तु र पशुपन्छी ल्याइएन त

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१७३ पटक
काठमाडौं

माघ २५ भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका बनाउने भनिएको राष्ट्रिय प्राणी उद्यान कार्य करिब ४ वर्ष पूरा हुन लाग्दासम्म बन्न सकेको छैन । प्राविधिकरुपमा समस्या नभए पनि सरकारी निकायमा फाइल रोकिँदा उक्त काममा ढिलाइ भएको बताइन्छ । यो समाचार आजको नेपाल समाचारपत्रमा पुष्कर बुढाथोकीले लेखेका छन् ।

तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको कार्यकालमा २०७१ माघ १० गते मन्त्रिपरिषद्बाट उद्यान बनाउने निर्णय भएको थियो । वर्तमान प्रधानमन्त्री केपी ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा २०७३ असार ९ गते त्यसको शिलान्या गर्दै २ वर्षभित्र वन्यजन्तु तथा पशुपन्छी राखेर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

२०७५ माघ २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्