News Portal

बिबिएलमा सन्दीपले लिए ३ विकेट, मेलवर्न पुग्यो सेमिफाइनलमा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२१६ पटक
काठमाडौं

माघ २७, काठमाडौं– अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) मा मेलवर्न स्टार्ट सेमिफाइनलमा प्रवेश गरेको छ। मेलवर्नले आइतबार भएको महत्वपूर्ण खेलमा सिड्नी सिक्सरलाई ९४ रनले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

मेलवर्नले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको सिड्नी १३.४ ओभरमा ७४ रनमै अलआउट भयो। सिड्नीको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले ३ विकेट लिए। सन्दीपले ३.४ ओभरमा ११ रन मात्र खर्चिए भने एउटा चौका मात्र दिए। सन्दीपले टसम कुरानलाई १० रनमा एलबिडब्लू, बिजे ड्वासुइसलाई ७ रनमा क्याच र लर्ड पोपलाई ५ रनमा क्याच आउट  गरेका थिए। यस्तै सन्दीपले नाथान लियोनलाई रनआउट गरे भने मार्क हेनरिक्सको पनि क्याच लिएका थिए।

सन्दीपसँगै वोर्रल र जाम्पाले २–२ विकेट लिए। सिड्नीका लागि ह्युजले १२ र टिम कुरानले १० रन जोडे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मेलवर्नले ६ विकेट क्षतिमा १ सय ६८ रन जोड्यो। उसका लागि कप्तान ग्लेन म्याक्सवेलले ८२ रनको योगदान दिए।

मेलवर्न लिग चरणको समाप्तीसँगै १४ खेलबाट १४ अंक जोडेर चौथो स्थानमा रह्यो। २० अंक जोडेको होबर्ट हुरिकान्स शीर्ष स्थानमा रहदा मेलवन रेनेगेड्स १६ अंक सहित चौथो भयो। सिड्नी सिक्सर १६  अंक जोडेर तेस्रो स्थानमा रह्यो।

अब मेलवर्न स्टार्सले होबर्टसँग आगामी १४ फेब्रुअरीमा प्रतिस्पर्धा गर्नेछ। १५ फेब्रुअरीमा मेलवर्न रेनेगड्सले सिड्नी सिक्सरसँग भिड्नेछ।

२०७५ माघ २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्