News Portal

पहिलो प्रधानमन्त्री हुँदा अनुभव नभएकोले काम गर्न नसकेको प्रचण्डको स्वीकार

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१४१ पटक
काठमाडौं

फागुन १ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो प्रधानमन्त्रीत्वकालमा केही गर्न नसकेको स्वीकार गरेका छन् । नेकपाका युवा नेता सरल सहयात्रीद्वारा लिखित ’शिखरको ढुंगा’ पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।

पहिलो पटक सरकारमा जाँदा आफू र आफ्नो तत्कालीन पार्टीसँग धेरैका ठुला अपेक्षा रहेपनि सोचे अनुरुप काम गर्न नसकेको उनले स्वीकार गरेका हुन् । प्रचण्डले भने, ‘राजनीतिक चमत्कार गर्ने ठाउँ होइन रहेछ, प्रधानमन्त्रीको पद ।
दोस्रो प्रधानमन्त्रीत्वकाल भने आफूले सचेततापूर्वक सञ्चालन गरेको प्रचण्डले जिकिर गरे । ‘दोस्रो प्रधानमन्त्रीत्वकाल परिर्वतन संस्थागत गर्नमा नै केन्द्रित भयो,’ प्रचण्डले उल्लेख गरे ।
प्रचण्डका स्वर्गीय छोरा प्रकाश दाहाल, उपन्यास लेखक सरल सहयात्रीलगायत १० युवाले सगरमाथा आरोहण गरेको विषयलाई उपन्यासको विषयवस्तु बनाइएको छ ।

२०७५ फागुन १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्