News Portal

भारतीय लोकसभामा नेपाल सम्झिंदै मोदीको अन्तिम सम्बोधन

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२२९ पटक
काठमाडौं

फागुन २, काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १६ औं लोकसभालाई अन्तिमपटक बुधवार सम्बोधन गर्दा नेपाललाई सम्झिएका छन् ।

करिब आधाघण्टा लामो सम्बोधनमा उनले पाँच बर्षमा बिजेपी सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै नेपालमा भुकम्पका क्रममा गरेको सहयोगलाई विदेश नीतिको नयाँ सुरुवातका रुपमा व्याख्या गरेका छन् ।

मोदीले नेपाल, बंगलादेश, मालदिभ्स, श्रीलंकामा बिपतमा सहयोग गरेको सन्दर्भ उल्लेख गरेका छन् । मोदीले भने, ‘हामीले नेपालसहित अन्य देशबाट हाम्रा नागरिकको सुरक्षित उद्दार गर्‍यौँ । मानवताका पक्षमा काम गर्‍यौँ ।’ भारतमा चार महिनापछि लोकसभाको निर्वाचन हुने तयारीसँग बुधवार लोकसभाको वैठकमा मोदीको अन्तिम सम्बोधन थियो । मोदीले आफ्नो कार्यकालमा विश्वले भारतलाई गम्भीरतापूर्वक सुन्ने गरेको उल्लेख गरे ।

दक्षिण एशियामा अन्य मुलुकको नाम लिए पनि मोदीले भूटान उल्लेख गरेनन् । चीन र पाकिस्तानको पनि उनले नाम लिएनन् । मोदीले सन् १९७१ मा बनेको बंगलादेशसँग सीमा विवाद अन्त्य गरेको बिषयलाई प्रमुखतासाथ व्याख्या गरे ।
नयाँ पत्रिकाबाट

२०७५ फागुन २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्