News Portal

आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइदै

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१६६ पटक
काठमाडौं

फागुन २, काठमाडौं – आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइनस डे । हरेकबर्ष फेब्रुअरी १४ का दिन प्रेम दिवस मनाइन्छ ।

नेपालमा पनि केही दशक यता युवायुवतीहरुले आफ्ना प्रेमिप्रेमिकालाई विभिन्न उपहार दिएर यो दिवस मनाउने गर्दछन् । यसै क्रममा आजपनि उनीहरुले बिहानैदेखि प्रेम साटासाट गर्दै विभिन्न कार्यक्रम गर्दैछन् ।

आज विभिन्न पार्क तथा सार्वजनिक स्थलहरुमा युवायुवतीको भीड लाग्ने गरेको छ । ईसापूर्व करिब ३ सय ५० तिर इटालीका तत्कालीन शासक क्लाउडियसको तानाशाही प्रवृत्तिको विरोधमा उत्रिएका सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

२०७५ फागुन २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्