News Portal

नेपाल पुलिस एकेडेमीद्वारा अनुसन्धान विभागका बरिष्ठ अधिकृतहरुलाई पहिलो पल्ट बिशेष तालिम

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६८८ पटक
काठमाडौं

फागुन ५, काठमाडौँ – राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सह- अनुसन्धान निर्देशक र उप-अनुसन्धान निर्देशकहरुलाई अहिलेको सुरक्षा चुनौती र व्यवस्थापकीय आयमहरुको सम्बन्धमा सैद्धान्तिक र व्यवहारिक ज्ञान दिलाई उच्च व्यवसायिक क्षमतायुक्त, सक्षम जनशक्तिको रुपमा रुपान्तरण गर्न Strategic & Management Training राष्ट्रीय प्रहरी प्रशिक्षण द्दारा प्रशिक्षणकार्य शूरु गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरिक्षक धिरु बस्न्यातबाट उद्घघाटन भएको उक्त उच्च तालिममा ७ जना सह-अनुसन्धान निर्देशक र १८ जना उप-अनुसन्धान निर्देशक गरी कुल २५ जना अनुसान्धान बिभागका प्रशिक्षार्थीहरुहरु सम्मेलित रहेका छन् । यस तालिमले बिँभागमा उपलब्ध श्रोत साधनको अधिकतम परिचालन, जनशक्तीको समयोचित ब्यवस्थापन गरि प्रभाबकारी समन्बयको आधारमा उच्च अधीकृतहरुले सयोजनकारी ब्यबस्थापकिय भुमीका निर्बाह गर्न सक्षम हुने कुरा माथी जोड दिनु भएको थियो ।

राष्ट्रिय सुरक्षामा अहम भूमिका निर्वाह गरिरहेका राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत उच्च अधिकारीहरुलाई पेशागत ज्ञान, सीप, कौशलका साथै अहिलेको Global Security Challenges ले पार्ने विश्‍वव्यापी प्रभाव र हाम्रो भूमिका अनुसार काम गर्न सक्ने सक्षम जनशक्ति निर्माण गर्ने अभिप्रायले राष्ट्रिय अनुसन्धान विभागको विशेष अनुरोधमा सुरक्षा र व्यवस्थाप क्षेत्रका विषयगत विज्ञहरुको सल्लाह, सुझाव अनुसार पाठ्यक्रम विकास गरी प्रशिक्षण शुरु गरिएको छ । त्यसैले यो राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको लागी नौलो अभ्यास र सिक्ने अवसरको रुपमा रहेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले राष्ट्रिय आबश्यकतालाई ध्यानमा राखेर पहिलो पल्ट राष्ट्रिय अनुसन्धान विभागका बरिष्ठ आधिकृतहरुलाई समेत प्रशिक्षण दिने कार्य शूरु गरेको हो ।

यस प्रतिष्‍ठानभीत्र संचालित यो तालिम २०७५ साल फागुन ३ गते शुरु भै कूल ७० कार्य दिन पुरा भएपश्चात २०७६ वैशाख २७ गते समापन गर्ने लक्ष्य लिईएको छ । Foundation of Organization and Management, Governance and Service Delivery, Professional Development and Staff Management General Administration Management, Operation Management Investigation Management र Research सम्बन्धि बिषयहरुमा बिज्ञहरु द्दारा प्रध्यापन गराईने छ ।

 

२०७५ फागुन ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्