News Portal

आजको मौसम : के आज पानी पर्ला ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२५८ पटक
काठमाडौं

फागुन ६ काठमाडौँ – देशका पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भेगहरुमा सोमबार आंशिक देखि सामान्य बदलीको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिएको मौसमविदले बताएका छन्।

पश्चिमी भूभागका केही स्थानहरु साथै मध्य र पूर्वी पहाडी भेगका एक दुई स्थानमा मेघ गर्जनसहितको हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

२०७५ फागुन ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्