News Portal

अबको लडाई गरीबी र बेरोजगारीका विरद्धः प्रधानमन्त्री ओली

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
११९ पटक
काठमाडौं

फागुन ७ काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताएका छन् । ६९ औँ प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले मुलुक समृद्धिमा बढेको हुनाले दशकौँदेखिको विकास र समृद्धिको नेपालीको चाहना अब पूरा हुने क्रममा रहेको बताए ।

वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको उनको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

“निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरीबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकाशका विरुद्ध केन्द्रित भएका छौँ”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन, “हामी आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौँ ।”

प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तिको उक्त आन्दोलनमा शहादत प्राप्त गर्ने सबैमा श्रद्धाञ्जलिसमेत व्यक्त गरेका छन् ।

२०७५ फागुन ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्