News Portal

भैरहवामा श्रोत नखुलेको ४६ लाख नगद बरामद

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१९० पटक
काठमाडौं

 

काठमाडौं । रुपन्देहीको भैरहवामा श्रोत नखुलेको ४६ लाख रुपैयाँभन्दा बढी नगद बरामद गरिएको छ। भैरहवामा सशस्त्र प्रहरी बल नेपाल गुल्म हेड क्वाटर राजस्व तथ भन्सार गस्ती सुरक्षा टोलीले ४६ लाख बढी नेपाली र भारतीय मुद्रा बरामद गरेको हो।

सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका १, डण्डा बेस नजिकै जाँचका क्रममा भारतीय कारबाट सो रकम बरामद भएको सशस्त्र प्रहरी उपरिक्षक गोबिन्द खातीले जानकारी दिए।

उपरिक्षक खातीका अनुसार भारतको सुनौली नाका हुँदै नेपाल भित्रिएको युपी५६टी ३०७१ नम्बरको टोयोटा कार चेकजाँच गर्दा गुल्मी साविक रुपाकोट गाविस ५ बस्ने ४५ वर्षीय चन्द्रकान्त पौडेलको साथबाट सो रकम बरामद भएको हो।

बरामद भएको उक्त रकमको कुनै श्रोत बताउन नसकेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको सशस्त्र प्रहरी भन्सार गस्ती सुरक्षा डण्डा बेसका प्रमुख तथा प्रहरी नायब उपरीक्षक खातीले बताए।

२०७५ फागुन ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्