News Portal

साउदी युवराज भारत भ्रमणमा, नरेन्द्र मोदी विमानस्थलमै पुगेर अँगालो हाले

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२४१ पटक
काठमाडौं

साउदी अरेबियाका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) दुई दिने औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । क्राउन प्रिन्स एमबिएस मंगलबार अबेर राति भारतको राजधानी दिल्ली पुगेका छन् ।

क्राउन प्रिन्स एमबिएसलाई स्वागत गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थलमै पुगे । पाकिस्तानको भ्रमण सकेर क्राउन प्रिन्स एमबिएस भारत आएका हुन् ।

पाकिस्तानमा उनले २० अर्ब डलरको लगानी सम्झौता गरेका थिए । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि एमबिएसलाई स्वागत गर्न विमानस्थलमै पुगेका थिए । एमबिएस पाकिस्तानमा दुई दिन रहे ।

भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा जिल्लामा गएको बिहीबार सुरक्षाकर्मीको गाडीमाथि भएको चरमपन्थी आक्रमणमा सिआरपिएफका ४६ जवानको ज्यान गएको थियो । त्यसपछि भारत र पाकिस्तानबिचको सम्बन्धमा दरार आएका बेला साउदी क्राउन प्रिन्स एमबिएसले दुवै देशको भ्रमण गरेका हुन् ।

पुलवामा आक्रमणको असर क्राउन प्रिन्स एमबिएसको अहिलेको भ्रमणमा पर्न सक्ने विश्लेषण गरिएको छ । साउदी अरेबिया भारतमा आफ्नो तेल बढी मात्रामा बिक्री गर्न चाहन्छ ।

बुधबार क्राउन प्रिन्स एमबिएस र भारतीय प्रधानमन्त्री मोदीबिच औपचारिक भेटवार्ता हुनेछ । यसमा पुलवामा आक्रमणका बारेमा पनि चर्चा हुने सम्भावना छ ।

सोमबार साउदी अरेबियाका विदेश मन्त्री आदेल अल जुबेरले इस्लामावादमा भनेका थिए,‘हाम्रो उद्देश्य दुई छिमेकी देशबिचको तनाव कम गर्ने हो र शान्तिपूर्ण रुपमा आपसी विमत्ति अन्त्य गर्ने सम्भावनाको खोजी गर्नु हो ।’

पुलवामा आक्रमण पहिले साउदी क्राउन प्रिन्सको भारत भ्रमणको मुख्य एजेण्डा भारतमा तेलको बिक्री तथा आर्थिक लगानी थियो । तर फेरिएको परिवेशमा त्योसँगै राजनीतिक चर्चा पनि हुने भएको हो ।

ANI

@ANI

Prime Minister Narendra Modi receives Saudi Arabia Crown Prince Mohammed bin Salman upon his arrival in India.

1,819 people are talking about this

भारतले अहिले आयात गर्ने कुल तेल मध्ये २० प्रतिशत हिस्सा साउदी अरेबियाको छ । भारतले इरानबाट सबैभन्दा धेरै तेल आयात गर्छ । साउदी अरेबिया र इरानको सम्बन्ध राम्रो छैन, यस्तोमा साउदी अरेबिया इरानलाई पछि पार्न चाहन्छ ।

२०७५ फागुन ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्