News Portal

यस्तो छ आजको मौसम

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१७१ पटक
काठमाडौं

फागुन ८ काठमाडौँ – पश्चिममा आंशिक बदली तथा मध्य र पूर्वका पहाडी क्षेत्रमा बुधबार आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ ।

देशका अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । पश्चिमका प्रायः सबै क्षेत्रको मौसम आंशिक बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविदले जानकारी दिए । मध्य क्षेत्रका पहाडी भेगमा मेघगर्जनसहित केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।

पूर्वको पहाडमा भने मौसम आंशिक बदली भए पनि पानी पर्ने सम्भावना देखिएको छैन । काठमाडौँ उपत्यकामा बिहानैदेखि घाम लागेको छ । दिउँसो आंशिक बदली भए पनि पानी पर्ने सम्भावना भने नरहेको जनाइएको छ । पश्चिम तथा मध्य क्षेत्रको उच्च पहाडमा हल्का हिमपातको सम्भावना छ ।

बुधबार राति भने पश्चिममा पूर्ण बदली हुने सम्भावना छ । अरु क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

२०७५ फागुन ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्