News Portal

प्रधानमन्त्रीले गरे सहजपुर बोगटान कालोपत्रे सडकको शिलान्यास

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२७८ पटक
काठमाडौं

 

फागुन ८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डोटीको बडीकेदार गाउँपालिका वडा नं १ बिपीनगरमा आयोजित सहजपुर बोगटान सडकको शिलान्यास सभालाई सम्बोधन गर्दै अब नेपालमा सम्बद्धि आउने कुरामा ढुक्क हुन सबैलाई आग्रह गरेका छन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपालमा सँधै गरिबी देख्ने केही मानिसहरुको मनसाय पूरा नहुने बताए । उनले भने, ‘दुई चार जनालाई देशमा विकासको लहर, जनताको उत्साह देखेर त्यसको विरुद्धमा उफ्रिन लागेका थिए, अहिले तिनीहरुको संख्या पनि कम हुँदै गएको छ ।’
वि. सं २०४४ सालदेखि निर्माण कार्य सुरु भएको उक्त सडकको हालसम्म ठोस प्रगति भएको थिएन ।
उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, उर्जामन्त्री बर्षमान पुन, डोटी प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेमगर लगायतका नेताहरु उपस्थित थिए ।
निर्वाचनको बेलामा सबै दलका नेताहरुले यस सडकलाई चुनावी एजेण्डा बनाउने गरेका भए पनि निर्वाचनपछि खासै चासो दिने गरेका थिएनन् । तत्कालीन नेकपा एमालेबाट प्रतिनिधिसभनमा निर्वाचित सदस्य प्रेमबहादुर आलेले आफूले यस सडकको लागि काम गरेरै देखाउने वाचा गरेका थिए । उनले यस सडकको बारेमा प्रतिनिधिसभाको बैठकमा समेत धेरैपल्ट बोलेका थिए । सांसद आलेकै विशेष पहलकदमीमा यस सडकमा २ अर्बभन्दा बढी रकम विनियोजन भएको छ ।

दशकौंदेखी निर्माण कार्य सुरु भएको यस सडक अझै सहजपुर बोगटान दिपायल जोड्न नसकिएको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । कार्यक्रममा उनले भने ‘ बोगटान सडक यो क्षेत्रको विकास र सम्बृद्धिको ढोका हो, यो निर्माण भएमा डोटीको दक्षिणी क्षेत्रको बिकासले एक खुट्किलो पार गर्ने छ ।’

२०७५ फागुन ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्