News Portal

बाबुरामले लगाए जीवनमा पहिलो पटक दौरा सुरुवाल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५४७ पटक
काठमाडौं

फागुन ९ काठमाण्डौ – नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई यतिबेला पार्टीले सञ्चालन गरेको ‘जनसंवाद यात्रा’का क्रममा देश दौडाहामा निस्किएका छन्  ।

डाक्टर भट्टराईले गाउँगाउँमा स्थानीयसँग भलाकुसारी गर्दै हिँडेको आज २४औँ दिन पुगेको छ । बुधबार पश्चिम रुकुमका विभिन्न ठाउँहरु घुमेर बिहीबार उनी  जाजरकोट जाँदैछन्  ।

डाक्टर भट्टराई बुधबार चौरजहारीमा स्थानीय नेताको घरमै बसेका थिए ।

बिहीबार डाक्टर भट्टराईले रुकुमको चौरजहारीबाट जाजरकोट जाँदै गर्दाको तस्बिर सामाजिक संजालमा राखेका थिए । साथै उनले जीवनमा पहिलो पटक दौरा सुरुवाल लगाएको भन्दै ट्विटरमा पोस्ट गरेका छन्  । उनी लेख्छन , ‘देश अनुसारको भेष ! जीवनमा पहिलो पटक दौरा(सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरियो! ’

 

२०७५ फागुन ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्