News Portal

विचल्लीमा परेका विद्यार्थीहरुलाई खुशिको खवर, सहयोगका लागि कंगारुले चाल्यो यस्तो कदम

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२५७४ पटक
काठमाडौं

काठमाडौँ – अष्टे«लियाको एआइबिटी कलेजमा नर्सिङ अध्ययन गर्न गएका एक हजार विद्यार्थीको भविश्य अन्योल ग्रस्त भएर विद्यार्थीहरुको विचल्ली भइरहेको बेला आफ्नो कन्सल्टेन्सीबाट परामर्श लिएर सो कलेजमा अध्ययन गर्न पुगेका विद्यार्थीहरुको सहयोगको लागि कंगारु एजुकेशन फाउण्डेशनले पहल सुरु गरेको छ ।

केही कन्सल्टेन्सीहरुले गैह्रजिम्मेवारपूर्ण गतिविधि गरिरहेको भएपनि एआइबिटीले नसिंङ अध्यापनका लागि अनुमति नपाउने वित्तिकै आफ्ना विद्यार्थीहरुलाई अष्ट्रेलिया स्थित कार्यलयमा बोलाएर धैर्य रहन आग्रह गर्दै उपयूक्त विकल्प बारे छलफल गरि विद्याथीहरुको भविश्य डामाडोल बन्न नदिन संबन्धित निकायमा आवस्यक कदम दिन रात नभनि चालि रहेको कंगारुले जनाएको छ ।

कंगारु एजुकेशन फाउण्डेशनका प्रबन्धनिर्देशक महेशबावु लिमल्सिनाले एआइबिटीले निम्त्याएको समस्याको कारण र समाधानका उपाएबारे विचल्लीमा परेका विद्यार्थीलाई फेसबुक मार्फत केही परामर्श पोस्ट गरेका छन । कंगारुले विद्यार्थीहरुको समस्या समाधानको लागि आफूहरु निरन्तर लाग्ने र यो समस्याबाट विद्यार्थीहरुलाई उपयूक्त विकल्पमा राहत दिएरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्दै धैर्यता नगुमाउन विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

२०७५ फागुन ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्