News Portal

विचल्लीमा परेका बिद्यार्थीको साथमा काठमाडौँ इन्फोसिस

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२०६८ पटक
काठमाडौं

काठमाडौँ – अष्टे«लियाको एआइबिटी कलेजमा नर्सिङ अध्ययनका लागि काठमाडौँ इनफोसिसबाट गएका सम्पूर्ण विद्यार्थीहरु सम्पर्कमा आएको अष्टे«लिया स्थित कार्यलयले जनाएको छ ।

एआइबिटी कलेजमा नर्सिङ अध्ययनरत एक हजार विद्यार्थीको भविश्य अन्योल ग्रस्त भएर विद्यार्थीहरुको विचल्ली भइरहेको बेला आफ्नो कन्सल्टेन्सीबाट परामर्श लिएर सो कलेजमा अध्ययन गर्न पुगेका सम्पूर्ण विद्यार्थीहरु आफ्नो सम्पर्कमा रहेको उक्त कन्सल्टेन्सीले जनाएको हो । आफ्नो कन्सल्टेन्सीबाट उक्त कलेजमा नर्सिङ अध्ययनका लागि गएका पाँच जनानै सम्पर्कमा रहेको र उनीहरुको सम्पूर्ण जिम्मा अष्ट्रेलिया स्थित कार्यलयले लिएको बताइएको छ ।

केही कन्सल्टेन्सीहरुले गैह्रजिम्मेवारपूर्ण गतिविधि गरिरहेको भएपनि एआइबिटीले नसिंङ अध्यापनका लागि अनुमति नपाउने वित्तिकै आफ्ना विद्यार्थीहरुलाई अष्ट्रेलिया स्थित कार्यलयले सम्पर्क गरि परामर्श दिइरहेको बताइएको छ ।

काठमाडौँ इन्फोसिस एजुकेशन कन्सल्टेन्सीका संचालक राजेन्द्र रिजालले एआइबिटीले निम्त्याएको समस्याको समाधानको लागि आफूहरु निरन्तर लाग्ने र यो समस्याबाट विद्यार्थीहरुलाई उपयूक्त विकल्पमा राहत दिएरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्दै धैर्यता नगुमाउन विद्यार्थीहरुलाई आग्रह गरेका छन ।

२०७५ फागुन ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्