News Portal

आईपीएलमा सन्दीपका समकक्षी पृथ्वी शाहले इंल्याण्डविरुद्धको टेष्टमा डेब्यु गर्ने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२८४ पटक
काठमाडौं

भदौ ७, काठमाडौं – इङल्याण्डविरुद्धको चौथो टेष्टका लागि भारतीय क्रिकेट बोर्डले १८ वर्षे युवा खेलाडी पृथ्वी शाहलाई टिममा बोलाएको छ ।

अन्डर नाइन्टिन टिमका सदस्य समेत रहेका शालाई बीसीसीआईले एकदिवसियभन्दा पहिलो टेष्ट टिममा बोलाएको छ । उनले मुरली विजयको स्थानमा इङल्याण्डविरुद्धको  चौथो टेष्ट खेल्नेछन् ।

पहिलो श्रेणीको क्रिकेटमा यो सिजन १४ वटा शतक बनाएका शा भारत यू–१९ विश्वकपको उपाधि जित्दा कप्तान थिए । पछिल्लो पटक निकै राम्रो फर्ममा रहेका शाले इन्डिया ए टिमबाट वेष्ट इन्डिज ए विरुद्ध एक सय ८८ रन हानेका थिए ।

इन्डियन प्रिमियर लिग आइपीएलमा नेपाली बलर सन्दीप लामिछानेसँगै दिल्लीबाट खेलेका शाको ब्याटिङ गर्ने शैली सचिनसँग तुलना गरिँदै आएको छ । शासँगै अर्का युवा खेलाडी हनुमा विहारीले पनि टेष्ट डेब्यु गर्ने भएका छन् ।

२०७५ भदौ ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्