News Portal

विचल्ली विद्यार्थीको सहयोगका लागि नेकाका प्रतिनिधि अष्ट्रेलियामा, यसरी गरिदैछ समस्याको समाधान

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
७९८ पटक
काठमाडौं

काठमाडौँ – काठमाडौँ – अष्ट्रेलियाको एआइबिटी कलेजमा नर्सिङ अध्ययन गर्न गएका एक हजार विद्यार्थीको भविश्य अन्योल ग्रस्त बनेपछि उक्त समस्या समाधानका लागि आवश्यक पहल कदमी गर्न राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) ले संस्थाको तर्फबाट प्रतिनिधि अष्ट्रेलिया पठाएको छ । नेका संयोजक सन्तोष प्याकुरेलद्धारा जारीे एक प्रेस विज्ञप्तिमा समस्या सुरु भएदेखिनै समाधानका लागि नेका निरन्तर लागि रहेको बताइएको छ ।

नेकाका प्रतिनिधिले अष्ट्रेलियामा रहेर समस्यामा परेका विद्यार्थी लगायत सरोकारवाला निकायहरुसंग परामर्श र समन्वय गरि समस्या समाधानमा सहजिकरण गर्ने नेकाले जनाएको छ । नेकाले उत्पन्न परिस्थितिको समाधानका निम्ति विद्यार्थी, अभिभावक, सरोकारवाला निकाय, मिडिया लगायतलाई ध्रर्यता पूर्वक यस समस्या समाधानका लागि सहयोग र सकृयता देखाउन समेत आह्रवान गरेको छ ।

अष्टे«लियन नर्सिङ एण्ड मिडवाइफरी एक्रिटिडेशन काउन्सिल (एनम्याक) ले आइबिटीलाई नर्सिङ अध्यापनको सम्बन्धन नदिएर विद्यार्थीको भविश्य अन्योल भएपछि नेकाले समस्या समाधानका लागि अग्रसरता देखाएको हो ।

हेर्नुहोस नेकाद्धारा जारी विज्ञप्ति ।

२०७५ फागुन ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्