News Portal

काठमाडौं गोल्डेन्सद्वारा डिपिएल बहिष्कार

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२२६ पटक
काठमाडौं

फागुन १० काठमाडौं– धनगढी प्रिमियर लिग(डिपिएल) मा शुक्रवार(आज)को दोस्रो क्वालिफयर्स खेल काठमाडौं गोल्डेन्सले बहिष्कार गरेको छ ।

आफ्नो खेलाडीलाई कारवाही गरेको भन्दै काठमाडौं गोल्डेन्सले खेल बहिष्कार गरेको हो ।

आज महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने कार्यतालिका थियो । काठमाडौं गोल्डेन्सका म्यानेजर सञ्जय श्रेष्ठले आफ्नो टोलीले नखेल्ने निर्णय गरेको बताए ।

बिहीवार काठमाडौंका खेलाडी अंकित दलवासलाई बलिङ गर्न प्रतिवन्ध लगाउने निर्णय भएसँगै काठमाडौं गोल्डेन्सले असन्तुष्टि जनाएको थियो ।

काठमाडौं गोल्डेन्सले खेलेका २ खेलमा दवासको बलिङ मैदानमा रहेका अम्पायरहरुले शंकास्पद पाएको आयोजकहरुले जनाएका थिए । यससँगै काठमाडौं असन्तुष्ट बनेको थियो ।

भारतीय खेलाडी दलवासको बलिङको भिडियो हेरेको र उनको बलिङ अनाधिकृत रहेको निष्कर्ष निकालिएको थियो । काठमाडौंले जितेको तीनै खेलमा उनले अलराउण्डर प्रदर्शन गरेका थिए ।

२०७५ फागुन १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्