
यो बृहत व्यापारिक मेलामा सामाजिक उद्यमशीलतालाई प्रोत्साहन र नेपालमै बनेका सामानलाई प्रबर्द्धन गर्ने उदेशका साथ उद्यमी नेपालको छुट्टै पबेलियन (Pavillion) पनि राखिएको छ । यस पबेलियनमा युवा उद्यमी, महिला उद्यमी र सामाजिक उद्यमीहरू र उनीहरुका उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ । लगातार ४ दिनसम्म चल्ने यस महोत्सवमा २०० भन्दा बढी नेपाली व्यवसायीका फरक फरक स्टलहरू रहनेछन् । यस महोत्सव भरि १ लाखभन्दा धेरै सहभागीले अवलोकन गर्ने अनुमान गरिएको छ।
साथै महोत्सवकै एक पाटोको रुपमा हरेक दिन दिउँसो ३ देखि ४ बजेसम्म महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्नको लागि सरकारी, गैर सरकारी, वित्तीय संस्था र सामाजिक उद्यमीहरूको के-कस्तो भूमिका हुन्छ भन्ने बारेमा छलफल कार्यक्रम पनि हुँदैछ।
- भाद्र ७ गते, विहिबार : महिला उद्यमशीलतामा सरकारी निकायको भूमिका
- भाद्र ८ गते, शुक्रबार : नेपालमा सामाजिक उद्यमशीलता
- भाद्र ९ गते, शनिबार : महिला उद्यमशीलताको क्षेत्रमा काम गर्ने विभिन्न संस्था र उनीहरुले दिने सेवा
- भद्र १० गते, आइतबार : महिला उद्यमशीलता प्रवर्दनमा बैंक तथा वित्तिय संस्थाहरुको भूमिका
यी उद्यमी र उनका उत्पादन भदौ ७ देखि ९ गते, बिहान १० बजे देखि बेलुका ६ बजे सम्म प्रदर्शनी केन्द्र भृकुटीमण्डपको हलमा भेट्नसक्नुहुन्छ। उद्यमी नेपाल एक व्यवसायको हरेक चरणमा व्यवस्थापन र विकास गर्न सघाउने, दक्ष जनशक्तिलाई रोजगारीको अवसरहरूसँग जोड्ने, विभिन्न घरेलु सेवाहरू व्यक्तिको घरदैलोसम्म पुर्याउने र सीप भएका कामदारहरूलाई अवसरहरूसम्म पुर्याउने उधेश्य लिएर विकास उद्यमीले नेपाल सरकार राष्ट्रिय युवा परिषदको साझेदारीमा सुरु गरेको एक अनलाइन पोर्टल हो।
२०७५ भदौ ७ गते प्रकाशित
