News Portal

मैले नेतृत्व लिएपछि मेलम्ची आयोजनाको काम ब्यापक भएको छ : खानेपानीमन्त्री

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२२५ पटक
काठमाडौं

फागुन ११ काठमाडौँ – खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले आफ्नो कार्यकालमा मेलम्ची खानेपानी आयोजनामा धेरै काम भएको दाबी गरेकी छिन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री मगरले इटालियन ठेकेदार कम्पनी सिएमसीले काम छाडेपछि आयोजना अघि बढाउन भइरहेका कामबारे जानकारी गराइन् । उनले मेलम्ची आयोजनामा कसैको गलत नजर पर्न नदिने बताइन् ।

कांग्रेस सांसदहरू डा. डिला संग्रौला, राजेन्द्रकुमार केसी, गगन थापा र बहादुरसिंह लामा, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र नेकपाका महेश बस्नेतले मन्त्रीलाई मेलम्ची आयोजनाका सम्बन्धमा प्रश्न गरेका थिए । उनीहरूले सचिव गजेन्द्र ठाकुरसँगको विवाद, सिएमसीसँगको वार्ताको प्रगति र मेलम्ची खानेपानी आयोजनाको भविष्यबारे प्रश्न गरेका थिए । मन्त्री मगरले सबै प्रश्नको एकमुष्ट जवाफ दिएकी थिइन् ।

मैले नेतृत्व लिएपछि मेलम्ची आयोजनाले फड्को मार्यो

मैले नेतृत्व गरिसकेपछि मेलम्ची खानेपानी आयोजनाले तुलनात्मक रूपमा निकै फड्को मार्यो । निकै ठूलो रफ्तारमा काम ग¥यौँ । सिएमसीलाई सम्पूर्ण रूपले सहजीकरण गरेर काम गरायौँ । ब्रेक थ्रु भयो । टनेलको फिनिसिङ, भेन्टिलेसन र गेट निर्माणको काम अन्तिम चरणमा पुगेको थियो । हामी केही समयमै काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउने गरी रफ्तारमा थियौँ । तर, दुर्भाग्य, बीचमा अन्योलता उत्पन्न भयो । सिएमसीले छाडेर जाने अवस्था सिर्जना भयो । त्यसको भोलिपल्टदेखि नै हामीले निरन्तर प्रयत्न गरिरहेका छौँ ।
नयाँ पत्रिकाबाट

२०७५ फागुन ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्