News Portal

मन्त्री रवीन्द्र अधिकारीलाई अर्को झड्का, निगमले गरेको ‘न्यारोबडी’ टेन्डरमा डेढ अर्ब घोटालाको आशंका, सबै प्रक्रिया रोक्न समितिको निर्देशन

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१५४ पटक
काठमाडौं

 

फागुन ११, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले न्यारोबडी विमानको इन्जिन मर्मत तथा भाडासम्बन्धी टेन्डर आह्वान प्रक्रियालाई तत्काल रोक्न निर्देशन दिएको छ ।

सार्वजनिक लेखा समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले १ अर्ब ५३ करोड भन्दा बढी घोटाला भएको हुन सक्ने आशंका गर्दै विमान इन्जिन मर्मत तथा भाडासम्बन्धी टेन्डर आह्वान प्रक्रिया तत्काल रोक्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नेपाल वायु सेवा निगमलाई निर्देशन दिएको हो ।

नेपाल वायु सेवा निगमले विमान इन्जिन मर्मत तथा भाडासम्बन्धी टेन्डर आह्वान प्रक्रियामा ठूलो आर्थिक चलखेल भएको हुनसक्ने भएकाले सो प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले लेखा समितिको निर्देशनलाई अवज्ञा गरी नेपाल वायु सेवा निगमले सो टेन्डर आह्वान प्रक्रिया अघि बढाए आफूहरुलाई मान्य नहुने चेतावनी दिएका थिए । नेकपाका सांसद विरोध खतिवडाले निगमले फेरि सो टेन्डर आह्वान प्रक्रिया अघि बढाएर भ्रष्टाचार गर्न खोजेको उल्लेख गर्दै त्यो कुनै पनि हालतमा सैह्य नहुने चेतावनी दिए । सांसद लेखराज भट्टले टेन्डर आह्वान गरेको प्रक्रियाबारे विस्तृत अध्ययन गरेर मात्रै अघि बढ्नुपर्ने बताए ।

करिब एक महिनामा लामो समय वाइडबडी विमानमा भएको अनियमितताको अध्यययनमा बिताएको सार्वजनिक लेखासमितिले पछिल्लो पटक न्यारो बडी विमानका विषयमा बहस थालेको हो । समितिमा परेको उजुरी आधारमा शुक्रबार लेखा समितिले न्यारोबडी ‘ए’ ३३० को टेण्डर रद्द गरिएको र नयाँ टेन्डर मागको साथै ए ३२० को टेण्डर स्विकारको विषयमा छलफल गरेको हो । ।

२०७५ फागुन ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्