News Portal

नेपाल पुलिस क्लब बुटवलमा जारी २१ औँ तिलोत्तमा गोल्डकपको फाईनलमा प्रवेश

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३६९ पटक
काठमाडौं

फागुन १२, बुटवल- भ्याली च्यासललाई ३–१ गोल अन्तरले हराउँदै विभागीय टिम नेपाल पुलिस क्लब बुटवलमा जारी २१ औँ तिलोत्तमा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ।

फाइनलमा पुलिसले विदेशी टिम दाफिन्स फुटबल क्लब क्यामरुनसँग सोमबार भिड्नेछ। देवीनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा विक्रम धिमालको २ गोलको मद्दतले पुलिसले फाईनलको यात्रा तय गरेको हो।

पुलिसलाई उपाधि नजिक पुर्‍याउनका लागि १५औं र ५७ औं धिमालले गोल गरेका थिए। २ गोल गरेका धिमालले म्यान अफ दि म्याच हुँदै १० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर पाए।

सुरुवातदेखि नै दबाबमा राखेको पुलिसका रवि पासवानले ८०औं मिनेटमा अर्को गोल गर्दै पुलिसको फाइनल यात्रा पक्का गरेका थिए ।

६०औं मिनेटमा पुलिसका हेम तामाङलाई लडाएपछि अमिर श्रेष्ठले रातो कार्ड पाएपछि १० जनामा सिमित भएको च्यासलले खेलको अन्तिम समयमा सान्त्वना गोल फर्काएको थियो।

मैदान प्रवेश गरेलगत्तै च्यासलका लागि शान्त बहादुर गुरुङले ९० मिनेटमा सान्त्वना गोल फर्काएका थिए।३ जना विदेशी खेलाडी मैदानमा उतारेको च्यासल पुलिसका किशोर खेलाडीसामु लडखडायो।

यो सिजनमा टीमबाहिरका खेलाडी समावेश गराएको पुलिसले यो सिजनमा कुनै पनि उपाधि जितेको छैन भने फाइनल पुगेको अर्को विदेशी टीम दाफिन्स क्यामरुनले बुढासुब्बा गोल्डकप जितेको छ।

२०७५ फागुन ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्