News Portal

रुकुमको एक विद्यालयमा ९० जना विद्यार्थी बिरामी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२२९ पटक
काठमाडौं

फागुन १३ रुकुमपूर्व – यहाँको पुथा उत्तरगङ्गा गाउँपालिका–६ को मयाङस्थित जनजागृत आधारभूत विद्यालयमा बिरामी विद्यार्थीको सङ्ख्या ९० पुगेको छ ।

सात/आठ घण्टाको अवधिमा विद्यालयका विद्यार्थी ठूलो सङ्ख्यामा बिरामी भएका हुन् । बिरामी हुनेमा १४ वर्षमुनिका बालबालिका छन् । बिरामी विद्यार्थीको मयाङ सामुदायिक स्वास्थ्य एकाइमा उपचार भइरहेको प्रधानाध्यापक चेतकुमार सेनले जानकारी दिए  ।

वडा नं १ मैकोट स्वास्थ्य चौकीका अहेब समीर गिरी र वडा नं ५ हुकाम स्वास्थ्य चौकीकी नर्स गोमा नेपालीको टोलीले विद्यार्थीको उपचार गरिरहेको छ । विद्यार्थीलाई चिसोले रुघाखोकी, भाइरल भएको अहेब गिरीले बताए । अहिले विद्यार्थीको अवस्था सामान्य रहेको र आत्तिनुपर्ने कुनै कारण नरहेको उनले बताए  ।

आइतबार बिहान विद्यालयमा प्रार्थना गरिरहेका विद्यार्थीमा एक्कासी टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, बान्ता हुने जस्ता समस्या देखिएका थिए । बिहीबारबाटै एक÷दुई जनामा यस्तो समस्या देखिएको तर आइतबार ठूलो सङ्ख्यामा विद्यार्थी बिरामी भएको प्रअ सेनले बताए  । उक्त विद्यालयमा २७९ जना विद्यार्थी अध्यनरत छन् ।

२०७५ फागुन १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्