News Portal

नेकपा एक हुन नसक्नुमा बादल र पौडेल मुख्य दोषी ‘पाँच भाइ’ले बुझाए यस्तो प्रतिवेदन (पूर्णपाठ)

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३३० पटक
काठमाडौं

फागुन १३ काठमाडौं –  तत्लकालिन एमाले र माओवादी केन्द्रबीच एकता भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टीको एकतालाई तल्लो तहसम्म नै अन्तिम रूप दिन गठन भएको सचिवालय सदस्य रामबहादुर थापा बादलको नेतृत्वको कार्यदलका बहुमत सदस्यले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएका छन। कार्यदलका बहुमत सदस्यको सहमती रहेको भनिएको प्रतिवेदन आइतबार साँझ अध्यक्ष ओलीलाई बुझाइएको छ भने अध्यक्ष प्रचण्डलाई उक्त प्रतिवेदन शनिबार नै बुझाइएको थियो। नौ सदस्ययीय कार्यदललाई नेकपाको सचिवालयले बिहीबार नै भंग गरेको थियो। कार्यदलले गर्ने कामको जिम्मेवारी सचिवालय स्वयम् ले गर्ने पनि निर्णय गरेको थियो। सचिवालयको उक्त निर्णयमा कार्यदलका बहुमत सदस्यहरू असन्तुष्ट थिए।

यसरी प्रतिवेदन बुझाउने कार्यदलका सदस्यहरूमा सुरेन्द्र पाण्डे, वर्षमान पुन, बेदुराम भुसाल, योगेश भट्टराई र लेखराज भट्ट रहेका छन्। उक्त प्रतिवेदनमा पाण्डे देश बाहिर रहेकाले र पुन काठमाडौं बाहिर रहेकाले हस्ताक्षर नभएको तर सहमती भने रहेको भन्ने लेखिएको छ। कार्यदलमा संयोजक थापा, सदस्य एवं महासचिव विष्णु पौडेल, शंकर पोखरेल र रघुवीर महासेठ पनि थिए। आफ्नो प्रतिवेदन बुझाउने समूह भने नेतृत्वप्रति असन्तुष्ट रहेको थियो।

जसका कारण यो समूहले पार्टी एकताको छुट्टै प्रतिवेदन तयार पारेर दुवै अध्यक्षलाई बुझाएको हो। यो कार्यदल पुस १३ गते गठन गरेको थियो। स्थायी समितिले गठन गरेको कार्यदलले काम गर्न नसक्नुको कारण गृहमन्त्रीसमेत रहेका संयोजक रामबहादुर थापा र महासचिवसमेत रहेका सदस्य विष्णु पौडेलको अनिच्छा रहेको कार्यदलका सदस्य एवं फरक प्रतिवेदन बुझाउने समूहका सदस्य योगेश भट्टराईले बताए। दुवैको अकर्मण्यताले नै कार्यदल असफल भएको र त्यसको जिम्मेवारी र दोष दुवैलाई जाने पनि उनले बताए। यो कार्यदललाई शुरुमा १५ दिनको समय दिइएको थियो। त्यसको दुई महिनासम्म पनि केही काम नगरी कार्यदल भंग भएको दुई दिनपछि असन्तुष्ट  समूहले पार्टी एकताको खाकासहित छुट्टै प्रतिवेदन बुझाएको हो।

दुवै अध्यक्षलाई बुझाइएको कार्यदलमा प्रदेश कमिटी गठनमा सहमती हुन नसकेको लेखिएको छ। पाँच भाइहरूले बुझाएको कार्यदलमा भनिएको छ, ‘सचिवालयबाट गठित प्रदेश कमिटीहरूमा मापदण्ड नपुगेका र पार्टीको संगठित सदस्य नै नभएका व्यक्तिहरू समेत परेको तर सचिवालयबाटै निर्धारित निवर्तमान प्रदेश कमिटीका सदस्यहरूलाई राख्ने भन्ने मापदण्ड अनुसारका व्यक्ति भने नपरेको देखिएकाले मापदण्ड नपुगेका व्यक्तिलाई हटाएर मापदण्ड अनुसारका व्यक्ति राखौं भन्ने कुरामा मतभेद उत्पन्न भयो।‘ प्रतिवेदन तयार हुन नसक्नुमा थापा र पौडेललाई दोष दिँदै लेखिएको छ, ‘स्थायी कमिटीको निर्देश र अध्यक्ष कमरेडहरूबाट प्राप्त निर्देशनअनुरूप कार्यदलले गर्नुपर्ने सम्पूर्ण काम छिटोभन्दा छिटो सम्पन्न गर्न चाहान्थ्यौं, जसका आधारमा पार्टीको सांगठनिक एकीकरण कार्य पूराहुन सक्तथ्यो। तर कार्यदलमा रहनुभएका सचिवालयका दुईजना कमरेडहरूले कार्यदलमा घनिभूत ढङ्गले छलफल चलाएर समस्याको समधान खोज्न नै चाहनुभएन। विषयलाई टार्ने कोशिश गरियो।

कार्यदलबाट निष्कर्ष निकाल्न गम्भीरतापूर्वक पहल नै गरिएन, जसले गर्दा सिङ्गो कार्यदलबाट प्रतिवेदन तयार गरी प्रस्तुत गर्न सकिने वातावरण नै बनेन। कार्यदलका बहुमत सदस्यहरूबाट आजसम्म भएका कामको प्रतिवेदन दिई बाँकी काम गर्नका निम्ति समय माग गरौं र पर्याप्त समय दिएर छलफल गरी पूर्ण प्रतिवेदन तयार गरौं भन्ने कुरामा समेत कार्यदलका संयोजक क.रामबहादुर थापा र सदस्य क. विष्णुप्रसाद पौडेल सहमत नहुनु भएबाट स्पष्ट हुन्छ की उहाँहरू दुई जनाको अनिच्छाले गर्दा नै कार्यदलबाट निर्धारित सबै काम हुन नसकेको हो।‘ यी पाँच जना कार्यदलका सदस्यले पोलिटब्यूरो गठन, केन्द्रीय समितिका सदस्यहरूको कार्यविभाजन, केन्द्रीय निकायको गठन,  प्रदेश कमिटी गठन, जिल्ला र मातहतको एकीकरणबारे, जनवर्गीय संगठनको एकीकरण,सम्पर्क कमिटी एकीकरण लगायतका एकतालाई कसरी निष्कर्षमा पुर्‍याउने भन्ने सुझाव प्रतिवेदनमा दिएका छन्।

पढ्नुहोस्, प्रतिवेदनको पूर्णपाठः

२०७५ फागुन १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्