News Portal

यातायात व्यवस्था कार्यालय ‘जहाँ लाइसेन्स किन्न पाइन्छ’

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२७४ पटक
काठमाडौं

फागुन १४, काठमाडौं–सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा हुने गरेको अनियमिततालाई समेटेर अन्नपूर्ण पोस्टले मुख्य समाचार छापेको छ । ‘जहाँ लाइसेन्स किन्न पाइन्छ’ शीर्षकको समाचारमा जनकपुरस्थित यातायात व्यवस्था विभागमा हुने गरेको घुसघोरी र बिचौलियाको सेटिङ, सेवाग्राहीले पाउने सास्ती, कर्मचारीको मस्तीको विषयमा स्थलगत कुरा समावेश गरिएको छ ।

कार्यालयमा सीसी क्यामेरा जडान गरिएपनि कार्यालय बाहिरबाटै सेटिङ मिलाएर काम गरिने गरेको, अर्कै व्यक्तिलाई परीक्षामा बसाएर लाइसेन्स दिने गरिएको, कार्यलयमा कर्मचारी नभेटिने गरेको, बिचौलिया, दलालले बाटो छेकेरै सेवाग्राहीलाई आफू मातहत काम गर्न बाध्य बनाउने गरेको पाइएको छ ।

२०७५ फागुन १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्