News Portal

एलओसीमा गोली हानाहानः चार पाकिस्तानीको मृत्यु, पाँच भारतीय सेना घाइते

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२८८ पटक
काठमाडौं

फागुन १५ काठमाडौँ – पाकिस्तानको बालाकोटकमा भारतीय वायुसेवाले गरेको आक्रमण पछि बढेको भारत पाकिस्तानबीचको तनाव झन चर्किएको छ । भारतले पाकिस्तानको भुमिमा गरेको आक्रमणको पहिलो दिनमै भारतले नियन्त्रित रेखा (लाइन अफ कन्ट्रोल) पार गरेर दुई पक्षबीच गोली हानाहान भएको छ ।

उक्त घटनामा भारतीय सेनाको गोली लागेर चार जना पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ । आक्रमणमा तीन महिला र एक बच्चा रहेको खबर छ । भारतले पाकिस्तानले एलओसीमा संघर्ष विराम उल्लंघन गरेको आरोप लगाएको छ भने पाकिस्तानले पनि भारतले नियन्त्रिण रेखा उल्लंघन गरेको जनाएको छ । पाकिस्तानले जम्बू कश्मीरका अखनुर, नौशेरा र कृष्ण घाटीमा संघर्ष बिरामको उल्लंघन गरेको आरोप छ ।

सो घटनामा भारतीय सेनाका पाँच जवान घाइते भएको भारतले जनाएको छ । भारतको पुलवा जिल्लामा गत फेब्रुअरी १४ मा भारतीय केन्द्रीय रिजर्व फोर्सका ४६ जना सुरक्षाकर्मी आत्मघाती आक्रमणमा मारिएपछि भारत र पाकिस्तानबीचको तनाव झन बढ्दै गएको छ । पाकिस्तानले पनि भारतले हमलाको जवाफ चाँडै पाउने भन्दै उचित समयमा कारबाही गर्ने जनाएको छ ।
एजेन्सी

२०७५ फागुन १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्