News Portal

टेलिकमको ‘नमस्ते क्रेडिट सेवा’ थप सुधारसहित पुन: संचालनमा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४२१ पटक
काठमाडौं

फागुन १५, काठमाडौँ –  नेपाल टेलिकमले संचालनमा ल्याएको ‘नमस्ते क्रेडिट सेवा’ थप सुधारसहित पुन संचालनमा आएको छ । यस सेवा अन्तर्गत प्रिपेड प्रयोगकर्ताले फोनमा कुरा गर्दा गर्दै पैसा सकिएमा टेलिकमले तुरन्त सापटी दिनेछ र फोन काटिने छैन ।

यो सेवा सुचारु गर्नको लागि ग्राहकले START लेखेर १४७७  मा एसएमएस गर्नु पर्ने छ । सेवाको अवस्थाबारे थाहा पाउन STATUS लेखेर १४७७ मा पठाउनु पर्ने छ  । त्यस्तै सेवा हटाउन STOP लेखेर १४७७ मा पठाउनु पर्ने छ  । नयाँ ब्यबस्था अनुसार सेवा लिने वा नलिने निर्णय ग्राहक आफैले गर्नु पर्ने छ  ।

टेलिकमले यस सेवा अन्तर्गत ५ देखि  २० रुपैयाँसम्म सापट दिने छ जुन रिचार्ज गरेपछि ब्यालेन्सबाट काटिने छ  ।

२०७५ फागुन १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्