News Portal

भ्रष्ट्राचारीलाई छोडेर आफ्नो कार्यकर्तालाई पक्रेको भन्दै विप्लवको आक्रोश, तत्काल रिहा नगरे कडा कदम चाल्ने चेतावनी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२०३ पटक
काठमाडौं

फागुन १५, काठमाडौँ  – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना कार्यकर्तामाथि सरकारले थालेको धरपकडप्रति आक्रोश पोखेका छन् ।

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका टावरमा आक्रमण भएको केही दिनपछि प्रेस वक्तव्य जारी गर्दै विप्लवले आफ्ना नेता कार्यकर्तामाथि सरकारबाट भइरहेको धरपकड तत्काल बन्द हुनुपर्ने बताएका हुन् ।

‘एनसेलमाथि भएको भनिएको कारबाही प्रकरणको नाममा सरकाले देशैभरीबाट हाम्रो पार्टी र जनवर्गीय संगठनका नेता कार्यकर्तामाथि धरपकड तीब्र बनाएको छ’, विप्लवले भनेका छन्, ‘गिरफ्तार गरिएकामाथि भटाभट सार्वजनिक अपराध मुद्दा चलाइँदैछ, संविधानविपरित मानसिक तथा शारीरिक यातना दिएको जानकारी पनि हामीलाई आएको छ ।’

एनसेल प्रकरण र अन्य घटनामा सरकारले पक्राउ गरेका आफ्ना सबै नेता कार्यकर्तालाई रिहा नगरे कडा कदम उठाउने चेतावनी विप्लवले दिएका छन् ।

‘गिरफ्तार गरिएका सबै कार्यकतालाई बिना शर्त रिहा गरियोस,’ विप्लवले वक्तव्यमा भनेका छन्, ‘यदि त्यसो नभए हामी सशक्त आन्दोलनमा उत्रिन्छौँ, त्यसबाट निस्कने परिणाण जिम्मेवार स्वयम् यो सत्ता हुनेछ ।’

२०७५ फागुन १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्